१३ बैशाख २०८१, बिहीबार

डिपिएल: धनगढीको लगातार दोस्रो हार, रुपन्देशीको दोस्रो जीत



धनगढी । धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएलमा घरेलु टोली धनगढी स्टार्स लगातार दुई पटक पराजय बेहोरेको छ भने रुपन्देशी च्यालेन्जर्सको लगातार दुई पटक जितेको छ ।

उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सद्वारा पराजित धनगढी स्टार्सले दोस्रो दिन (मंगलबार) बिहानको खेलमा सिवाईसी अत्तरियाद्वारा पराजित भएको हो । पहिलो दिनको दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्सलाई हराएको रुपन्देहीले दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किंस्लाई पराजित गरी विजयी भएको हो ।
मंगलबारको पहिलो खेलमा अत्तरियाले धनगढीलाई ५ रनले पराजित गरेको छ । ९६ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको धनगढीले २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो ।
धनगढीका लागि राजु रिजालले अविजित रहँदै २६ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् । रोहन मुस्ताफाले १८ र कप्तान सोमपाल कामीले १० रन बनाए ।
अत्तरियालाई जिताउने क्रममा भुवन कार्कीले ४ विकेट लिए । यसअघि टस जितेर व्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले अविजित ३५ रन बनाए । बलिङमा धनगढीका रोहन मुस्ताफाले २ विकेट लिए ।
मंगलबारको दोश्रो खेलमा रुपन्देहीले विराटनगलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । विराटनगरका लागि राजेश पुलामी मगरले १७, अब्दुल्लाह खानले १६, कुशल भुर्तेलले १२ र सम्साद शेखले १० रन बनाए । बलीङमा रुपन्देहीका पवन मेहराले ३, ललित राजबंशी र बसन्त रेग्मीले समान २/२ विकेट लिए ।
९४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको रुपन्देहीले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो । रुपन्देहीका लागि पवन मेहराले ४६, बाबर हयातले १७, भूमि सार्कीले अविजित १२ र बसन्त रेग्मीले अविजित ८ रनको योगदान दिए । बलिङमा विराटनगरका अविनास यादवले २ विकेट लिए ।
लागतार दोश्रो जितसंगै रुपन्देही ४ अंक सहित अंक तालीकाको शिर्ष स्थानमा उक्लिएको छ ।
बुधबार बिहान ९ बजे महेन्द्रनगर युनाईटे र काठमाण्डु गोल्डेन्स र दिउँसो १ बजेको विराटनगर किंस् भिड्ने सेड्युल छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार