१३ बैशाख २०८१, बिहीबार

महिला सहकारीले उद्यमशिलता विकास गर्दै : मन्त्री चौधरी



धनगढी । सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले महिलाहरुले नेतृत्व गरेको सहकारीहरुले उद्यम विकासमा महत्वपूर्ण भूमिका निभाइरहेको बताएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ सुदूरपश्चिम प्रदेशले सोमबार धनगढीमा आयोजना गरेको प्रादेशिक सहकारी महिला गोष्ठी उद्घाटन गर्दै उनले महिलाहरुले नेतृत्व गरेको सहकारीहरुले कृषि र उद्यममा लगानी गरी राम्रो प्रतिफल निकालेको बताएकी हुन् । उनले प्रदेशभित्र रहेका तर काम गर्न नसकेका सहकारीहरुलाई समायोजन गरी व्यवस्थित र नमुना सहकारी बनाउने सुदूरपश्चिम बताइन् ।
सहकारीकै माध्यमबाट प्रदेशलाई नमुना बनाउन चाहेको भन्दै मन्त्री चौधरीले सहकारीमा महिला सहभागिता बढ्नु सकरात्मक कदम भएको औल्याइन् । उनले सहकारीमा महिलालाई नेतृत्व नदिने सहकारीहरुलाई महिला सहकारीहरुले काम गरेर देखाइदिनुपर्ने पनि बताइन् । सहकारी सम्वन्धी ऐन प्रदेशमा पास भइसकेको जानकारी दिदै उनले आगामी बर्षबाट सहकारीको किकासको लागि प्रयाप्त मात्रामा बजेट बिनियोजन गर्ने बताइन् ।
सहकारीका पूर्व सञ्चालक समेत रहेका प्रदेश सांसद तथा नेकपाको प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले देश संघीयतामा गएसँगै सहकारीका लागि अवसर र चुनौति दुवै थपिएको बताए ।
संघकी सञ्चालक शान्ती अधिकारीले सहकारीलाई उत्पादनमा जान सरकारले निती तयार गर्नु पर्ने बताइन् । सहकारीसंग रहेको पुँजी परिचालन गर्न उपयुक्त स्थान नभएको उनले गुनासो गरिन् । उनले सहकारीमा उद्यमशिलता विकास गर्न महिलालाई नेतृत्व दिनुपर्ने बताइन् ।
प्रदेश सरकारका सांसदहरुले सहकारीले प्रदेशको समावेसी आर्थिक विकास र जीवनस्तरमा परिवर्तन ल्याएको बताए । उनीहरुले महिला नेतृत्व अभिवृद्धीका साथै देशको अर्थतन्त्र मजवुत बनाउन सहकारीले ठुलो भुमिका खेलेको चर्चा गरे । प्रादेशिक सहकारी गोष्ठीमा सुदूरपश्च्मि प्रदेशका विभिन्न सहकारीका पदाधिकारी महिलाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार