८ बैशाख २०८१, शनिबार

मदरल्याण्डको नयाँ नेतृत्व चयन



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरस्थित मदरल्याण्ड युथ क्लवको नयाँ नेतृत्व चयन भएको छ ।

आइतबार भएको एक भेलाले श्रवण कुमार चौधरीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको जनाइएको छ ।
कार्यसमितिको उपाध्यक्षमा बुद्धिराम चौधरी, सचिवमा निरज चौधरी, कोषाध्यक्षमा वेझुराम चौधरी तथा सहसचिवमा सलिना चौधरी चयन भएकी छिन् ।
त्यसैगरी सदस्यहरुमा हिरा चौधरी, निर्मला चौधरी, पदम चौधरी, देवनारायण चौधी, सुनिल चौधरी, सैतुराम चौधरी र विक्रम चौधरी रहेका छन् ।
भेलामा क्लवले आयोजना गरेको प्रथम मदरल्याण्ड युथ कप २०७५ को आयव्यय विवरण पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा ४६ हजार रुपैया मुनाफा भएको आयव्यय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार