१६ चैत्र २०८०, शुक्रबार

प्रहरीले राेक्याे अबैध क्रसर



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोल, गोदावरी खोला किनारमा सञ्चालनमा रहेको घुम्ती क्रसरको काम प्रहरीले रोकेको छ ।


जिल्ला समन्वय समितिले कम्पनीसंग आवश्यक कागजपत्र माग गर्दा समेत नबुझाएपछि कारबाहीका लागि सुरक्षा निकायसंग आग्रह गरेको थियो । प्रहरीले सोही बमोजिम आईतबार नदीमा क्रसर चलाउने व्यक्तीहरुलाई नियन्त्रणमा लगेको हो ।
ईलाका प्रहरी मालाखेतीका प्रहरी नायव निरिक्षक (सहि) विनोद जोशीले मेसिन चलाउने दुई जना चालक र तीन जना स्टेशन म्यानेजरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । ‘सञ्चालक भेटिएनन । अन्य त्यहा“ भएका कामदारहरुलाई नियन्त्रणमा लिएका छौं’ सहि जोशीले भने ‘नदीमा ढुङ्गा संकलन गर्ने तथा कुट्ने काम रोकिएको छ ।’
निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको ठेक्का पाएको शर्मा अमर नागार्जुन (जेभी) ले आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उत्खनन्का लागि सो क्षेत्रमा घुम्ती क्रसर सञ्चालन गरेको थियो । विभिन्न सञ्चार माध्यममा ‘अनुमतिबिनै क्रसर उद्योग सञ्चालन’ शिर्षकका समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समिति, कैलालीले सो कम्पनीलाई सम्झौतापत्रसहित अन्य आवश्यक कागजपत्र बुझाउन गत २० गते पत्राचार गरेको थियो । पत्र पठाएको एक हप्ता हु“दा समेत कागजपत्र नबुझाएपछि समन्वय समितिले सुरक्षा निकायलाई कारबाही गर्न भनी पत्राचार गरेको थियो ।
कम्पनीका सञ्चालक इश्वरी भट्टले शुक्रबार अनुमोदन दैनिकसंगको टेलीफोन कुराकानीमा ‘आईतबार सम्पूर्ण कागजपत्र जिल्ला समन्वय समितिमा बुझाउने’ प्रतिक्रिया दिएका थिए । तर, उनले कुनै कागजपत्र भने नबुझाएको समन्वय समितिले जानकारी दिएको छ । जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले भने– ‘घुम्ती क्रसर सञ्चालनबारेको विवरण तथा आवश्यक कागजपत्र माग गर्दा अझैंसम्म प्राप्त भएको छैन ।’
उनले भने– ‘हामीले प्रहरी लगाएर त्यहा“ भएको क्रसर नियन्त्रणमा लिन लगाएका छौं । कम्पनीले कागजपत्र बुझाएपछि नियमसम्मत भए छोडिने छ र यदि नियम विपरित सञ्चालन गरिएको पाइएमा बन्द गरिनेछ ।’
उनले कम्पनीले नियम विपरित नै सो क्रसर राखेको हुने सक्ने आशंका गरे । प्रमुख थापाले भने– ‘यदि घुम्ती क्रसर नियमसम्मत ढंगले सञ्चालन गरिएको हो भने माग गरिएका कागजपत्र पठाउन किन आनाकानी गरिरहेको छ ?’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार