१३ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम महोत्सव : दर्शकको भीड बढ्दै



धनगढी । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको छैटौं दिन आज दर्शकको बाक्लो उपस्थिति रह्यो ।
शनिबार महोत्सवस्थलमा कलाकारको प्रस्तुतिका साथै प्रायः स्टलमा दर्शकको बाक्लो भीड लागेको थियो । दर्शकहरू महोत्सवमा कलाकारको प्रस्तुतिमा झुमेका थिए । महोत्सवस्थलमा सबैभन्दा बढी कृषि सम्बन्धी स्टलमा दर्शक/ग्राहक झुम्मिएका थिए । स्टल सञ्चालकहरूका अनुसार अरू दिनको तुलनामा शनिबार बढी बिक्री भएको थियो ।
महोत्सवमा आज गायकहरू रामचन्द्र काफ्ले र जुनु रिजाल, काठमाडौं क्रिउ डान्सका हिम्मत कुँवर, कलाकार सौगात ओझा र मनिष खड्रकाको प्रस्तुति रह्यो । त्यस्तै, विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि भएको थियो ।
भोलि (आइतबार) कुलेन्द्र विक, शितल शर्मा, रोजी कुँवर र टीका प्रसाईको प्रस्तुति रहने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार