१३ बैशाख २०८१, बिहीबार

सायलमा बिद्युत लाईन विस्तार



डोटी । डोटीको सायल गाउपालिका वडा नं. ४ लाई राष्ट्रिय बिद्युत लाईनमा जोडिएको छ ।

वडा नंं ४ कार्यालयमा भएको बिशेष समारोहमा सायल गाउपालिका अध्यक्ष तेजबहादुर डुम्रेलद्वारा राष्ट्रिय बिद्युलाईनको उद्घाटन गरिएको छ । सायल गाउपालिका वडा नं. ४ का अध्यक्ष टिका सिंहल सोही अवसरमा ८० वटा घर परिवारलाई बिद्युत मिटर समेत बितरण गरिएका छन् । वडा नं. ४ का १ सय भन्दा बढी घरले बिजुली बाल्न शुरु गरेपछि बिधिवत रुपमा उद्घाटन गरिएको हो ।
वडा अध्यक्ष टिका सिंहको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी सायल गाउपालिका अध्यक्ष तेजबहादुर डुम्रेल थिए । उद्घाटन समारोहमा सायल गाउपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले यसै बर्षभित्र सायल गाउँपालिकाका सबै वडामा बिद्युत लाईन बिस्तारका लागि प्रयास गरिने बताए । ‘हाम्रो प्राथमिकतामा बिद्युत लाईन बिस्तार पनि हो,’ अध्यक्ष डुम्रेलले भने, ‘वडा नं. ४ मा बिद्युत बलेसंगै अन्य वडाहरुमा बिस्तारका लागि पनि सहज भएको छ ।’
वडा अध्यक्ष सिंहले मतदाताहरुसंग गरिएको बाचा अनुरुप नै काम अगाडि बढाइएको बताए । वडा अध्यक्ष सिंहले भने, ‘हाललाई केही १ सय जती घरमा बिधुत बिस्तार गरिएको भए पनि यसै आर्थिक बर्ष भित्रे वडाका सम्पुर्ण घरहरुमा बिधुत सेवा बिस्तार गरिने छ ।’

जेष्ठ नागरिक र सामाजिक अगुवालाई सम्मान

डोटीको सायल गाउँपालिका वडा न. ४ ले समाजमा बिशिष्ट योगदान पु¥याएका ब्यक्तित्व र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
साबिकको डौड गाबिसका अध्यक्ष तेजबहादुर सिंह, वडा कार्यालय भवनका लागि जग्गा दान गर्ने नवराज उपाध्याय र समाजसेवी तथा तत्कालिन डौड गाबिसमा लामो समयसम्म सचिवको रुपमा काम गरेका भिमबहादुर बोगटीलाई सम्मानित गरेको हो ।
यसैगरी, जेष्ठ नागरिक ४ जनालाई पनि दोसल्लाले सम्मान गरिएको वडा अध्यक्ष सिंहले जनाएका छन् । उनले वडा नं. ४ लाई मदिरा मुक्त गर्न भुमिका खेलेको भन्दै मदिर नियनत्रण समितिका अध्यक्ष जनकबहादुर सिंह लगायत १९ जनालाई पनि सम्मान गरेको छ ।

योजनाहरु सार्वजनिक

वडा कार्यालयमा आयोजित कार्यक्रममा यस आर्थिक बर्षमा सम्पन्न भएका र शुरुवात गरिने योजनाहरु सार्वजनिक गरिएको थियो । जसमा डौडदेखि बावनसैन, भल्मा हँुदै झिक्राना र केलाभाडी घङगारे झिक्राना सडक यसै बर्ष शुरुवात गरिने छ । मदिरा नियन्त्रण अभियान जारी हुने । वडाभित्रका राष्ट्रिय बनलाई सामुदायिक वन बनाइने, सामुदायिक बनलाई संरक्षण, बिद्युतलाई जडानलाई बिस्तार गरिने, डौड स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शैयाको बनाउन पहल गरिने, स्वास्थ्य चौकीमा प्रयोगशाला निर्माण गरी सकिएको, डौड स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरी प्रक्रिया अगाढी बढाइएको, वडा नं. ४ भित्रका कार्यालयहरु र बिद्यालयमा ई–लाईब्रेरीको ब्यबस्था गरिने, वडा नं. ४ मा रहेको टेलिकम टावरलाई यथाशिघ्र सुचारु गर्न पहल गरिने, लगायतका बिषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार