७ बैशाख २०८१, शुक्रबार

श्री पञ्चमीमा सरस्वतीको पूजाको महत्व



नेपालका लगभग २० हजार विद्यालयहरुमा सरस्वती पूजाको दिन विद्याकी देवी सरस्वतीको आराधना गरिन्छ । यो दिनमा विभिन्न विद्यालयहरुले निःशूल्क भर्ना लिने प्रचलन रहेको साइप्रस बोर्डिङ स्कुलका प्रिंन्सीपल शशी केसीले बताउँदछन् । किनकी यो दिन शिक्षारम्भ गर्ननाले बाल बालिकाको दिमाग बढी सक्रिय र दिगो हुने कुरा विभिन्न पुराणहरुमा बताइएको छ । त्यसैले यस बर्ष २०७५ साल माघ २७ गते नेपाल भारत लगायत विश्वका विभिन्न कुनामा रहेका हिन्दुहरुले आफ्नो शिशुलाई पहिलो पटक अक्षर चिनाउने , लेख्न लगाउने गर्दछन् । यो हाम्रो आश्था वा संस्कृतिमात्र होइन यसमा केही वैज्ञानिकता पनि छ । किनकी हरेक वर्षेफलका बृक्षमा फूल फुूल्ने क्रिया शुरुहुने समय,बृक्षपालूवाको अंकुरण समय, यूवायुवतिहरुले आफ्नो जीवन साथि चुन्नकालागि प्रेमदिवस मनाउने समय भएकाले वसन्त पञ्चमी एक दिगोपनको , ज्ञानको , शिपको र समृद्धिको परिचायक हो ।

सरस्वती मायादृष्ट्वा भन्ने संस्कृत शव्दले कुनैपनि चिजमा आफ्नो अविभाज्य अधिकारको संकेत गर्दछ । यही अविभाज्यताका लागि उनको आराधना गरिन्छ । मानिसमा ज्ञान , कला र शिप अविभाज्य नै हुन्छ र प्रेम पनि अविभाज्य होस भन्ने चाहाना हुने भएकोले यि चीज प्राप्तिको शूरुवात सरस्वती पूजाको दिन गर्नु सर्वथा उपयुक्त मानिन्छ, जुन अरुले खोस्न नसकोस । वोलीको मिठास, धारा प्रवाह वाचनमा पनि सरस्वती पूजन सर्वथा उपयुक्त छ । किनकी वाणि प्रविणता , स्वर प्रविणता, स्वर कोकिलता , स्वर तिक्ष्ण संयोजन, चेतन संयोजन आदि सवै कामकालागि सरस्वतीको आराधना गरिन्छ । किनकी ?

हिन्दु पौराणिक कथाको अनुसार जब बह्माले यो संम्पुर्ण संसारको रचना गर्नु भयो त्यस पछि यो संसार हेर्न आउनु भयो । त्यतिबेला मानिसमको वाणीमा तिक्ष्णता थिएन , मिठास थिएन, खोज अनुशंधानको आदत देखिएन,मानिसमा सोच्ने विचारगर्ने कुनै बानी नै देखिएन । यस्तो भयो भने त संसार पशुहरुको भिड जस्तोमात्र हुनेछ । भन्ने लागेर उनले आफ्नो कमण्डलुमा लालीगँुरासको फूलले जल छर्केर हेर्दा त एक एक सुन्दर देवीको प्रकट हुनु भयो । जसको एक हातमा विणा दोश्रोमा पुस्तक तेश्रोमा माला र चौथो हातमा वरमुद्रा थियो । ब्रह्माजीले ति देवीलाई विणा बजाउन भन्नु भयो , त्यहाँबाट अति सुरिलो स्वर आयो । त्यसपछि उहाँको नाम सरस्वती रहन गयो र वाणीको देवीको रुपमा बह्मज्ञान प्राप्त भयो । पछि भगवान विण्णुले कुनै प्रशंगमा सरस्वतीसंग प्रसन्न भएर अव उप्रान्त बसन्त पञ्चमीको दिन दिगो गहिरो दिमाग चाहानेले तपाँईको पूजा गर्नु पर्नेछ भन्ने वरदान दिएकोले यो दिन उनको पूजाहुन थालेको हो ।

सरस्वती पूजाको सामान्य बिधि

विहान नुहाई धुवाइ गरेर सरस्वतीको तस्वीर सजाउने
पूजाको समयमा सरस्वतीलाई सकेसम्म सेतो र पहेलो फूल चढाउने ।
पूजास्थलमा पूस्तक ,वाद्यवादनका साधनहरु राखेर ति सबैलाई पूजा गर्ने ।
पूजाको समयमा छोराछारीलाई पनि सहभागी बनाउने ।
यो दिन सरस्वतीलाई पहेलो कपडा चढाउने ।
बाल बालिकालाई पुस्तकहरु किनेर उपहार दिने ।
शिशुहरुलाई अक्षरारंभ गराउने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार