११ बैशाख २०८१, मंगलवार

छाउपडी गोठ देख्दा सांसदहरु अच्चमित



धनगढी । पश्चिम नेपालको छाउपडी प्रथा देखेपछि केही सांसदहरु अच्चमित भएका छन । मैले यस्तो अवस्थाको कल्पना पनि गरेको थिइन गोठ देख्दा रुने मन लाग्यो सांसद अमृता थापामगरले भनिन ।

छाउपडी गोठ

छाउगोठ र छाउपडी प्रथा बारे अध्ययन गर्न बाजुरा पुगेको संघीय संसदले बनाएको संसदीय समितिमा रहेकी सांसद थापामगरले अन्धविश्वास, गरिवी लगायतका कारणले अझै छाउपडी प्रथा रहेको बताउदै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता औल्याइन ।
टोलीले बाजुराको वुढीनन्दा नगरपालिकामा गत महिना छाउपडी गोठमा आमा र दुई बच्चा मरेको विषयमा पनि सरोकारवालहरुसित छलफल गरेको छ । मृतकका श्रीमान सहितका स्थानीयसंग पनि समितिले छलफल गरेको थियो ।
सांसदहरुलेघटनास्थलसम्म पुग्ने प्रयास गरेका थिए तर लगातार हिउँ परेर बडीमालिका र वुढीनन्दा नगरपालिकाको सीमा पोरखेलेखतिरको सडक अवरुद्ध भएपछि उनीहरुको प्रयास असफल भएको छ ।

छाउगोठ र छाउपडी प्रथा बारे अध्ययन गर्न बाजुरा पुगेको संघीय संसदका सांसदहरु सहितको टोली ।

बाजुरामा जनसहभागितामै छाउपडी गोठ भत्काउने र गोठ खोज्ने अभियान चलेको छ । हालसम्म ६६ गोठ भत्काइएका छन ।
समितिले हालै डोटीमा निसास्एिर मरेकी २० बर्षिया पार्बती बोगटी बारे पनि जानकारी लिएको छ । सांसद थापामगरका अनुसार चाडै नै अध्ययन प्रतिवेदन बुझाइने छ । दार्चुलाका सांसद गणेश ठगुन्नाको संयोजकत्वमा रहेको टोलीमा सांसद थापामगर, बाजुराकै सांसद लालबहादुर थापा, गंगा चौधरीसत्गौवा, विमला नेपाली र रुहीनाज निकर्मी सहभागी थिए ।
सरोकारवालसंगको छलफलमा क्रममा सांसद थापाले स्थानीय सरकार यस्ता कुप्रथा हटाउन बढी क्रियाशिल हुनु पर्ने धारणा राख्दै छाउगोठ राख्नेको सेवासुविधा रोक्नु पर्ने बताए । संयोजक ठगुन्नाले सुक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार