६ बैशाख २०८१, बिहीबार

धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक



धनगढी । धनगढी प्रिमियर लिग डीपीएल तेस्राेको ट्रफी शुक्रबार धनगढीमा सार्वजनिक गरिएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन अायाेजना गरी प्रतियोगिताको ट्रफी सार्वजनीक गरेको हाे । प्रतियोगिताका सद्भावना दुत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरे । ट्रफी सार्वजनिक कार्यक्रममा वाल विवाह विरुघको अभियानमा पनि हस्ताक्षर गरिएको छ । सहभागी टीमका कप्तान खेलाडी मालिकहरुले वाल विवाह विरुद्धको अभियानमा हस्ताक्षर गरेका हुन् । लिग अवधिमा सामाजिक अभियान भनेर वल्र्ड भिजनसँगको सहकार्यमा वाल विवाह विरुद्धका विभिन्न जनचेतनामुलक कार्यक्रम पनि गरिने भएको छ ।

डीपीएलको पुरस्कार राशीमा यस पटक वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन अवसरमा १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने समेत आयोजकले जनाएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म संचालन हुनेछ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।
टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।
यस्तै आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत जनाएको छ । आयोजकले मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएको र ५ वटा पीच निर्माण सम्पन्न भईसकेको जनाएको छ । प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यस्तै आयोजकले दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकेको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्िष्ट्रय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार