१३ बैशाख २०८१, बिहीबार

टावर उद्घाटन, पुल सिलान्यास



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयामा नेपाल टेलिकमको टावर उद्घाटन र एक पुल सिलान्यास गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार अण्डैयामा नेपाल टेलिकमको टावर र अण्डैयाबाट जिराईट टोल जोड्ने पुलको सिलान्यास गरेका हुन् । अण्डैयामा टेलिकमको टावर उद्घाटनसंगै त्यस क्षेत्रमा रहेको टेलिफोनको समस्यामा समाधान भएको छ ।

साविकको मसुरिया, पहलमानपुर र रामशिखरझाला गाविसको पूर्वपश्चिम राजमार्गको उत्तरी भेगमा मोबाइलमा नेटवर्क कभरेज नहुने समस्या थियो । सो समस्या समाधान भएको नेपाल टेलिकमले जनाएको छ ।

त्यसैगरी, अण्डैयाबाट जिराइट टोल जान लिक्मा नदी पार समस्या हुने भएको हुनाले गौरीगंगा नगरपालिकाकाले १४ लाख रुपैयाँको लागतमा सो नदीमा पुल निर्माण गरिरहेको छ । सो पुलको सिलान्यास पनि मन्त्री सोडारीले शुक्रबार गरेका छन् । नगरपालिकाले सो पुलका लागि यस वर्ष ९ लाख रुपैयाँ छुट्याएको र बाँकी आउने वर्ष छुट्याउने वडा अध्यक्ष डबलबहादुर विकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार