१३ बैशाख २०८१, बिहीबार

बाख्रा पालन श्रोतकेन्द्र स्थापना



बैतडी । बैतडीमा पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १० ले वडालाई बाख्रा पालनको क्षेत्रमा अब्बल तथा बाख्रा पालक किसानलाई आत्म निर्भर बनाउने उदेश्यले जिल्लाकै पहिलो बाख्रापालन सिद्धपुर बाख्रा पालन श्रोतकेन्द्र स्थापना गरिएको हो ।
पाटन १० बाख्रा पालन गर्नका लागि उपयुक्त क्षेत्रको रुपमा रहेको छ । यस नव स्थापित बाख्रा पालन श्रोतकेन्द्रलाई बाख्रा अनुवजांसीक विकास केन्द्र बुढीतोला कैलाली सँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरीएको वडा कार्यालयले जनाएको छ ।
बुधबार एक कार्यक्रमका बिच सिद्धपुर श्रोतकेन्द्र स्थापना भएको हो । व्यवसायिक बाख्रा पालक किसान पदम सि“ह बोहराको संयोजकत्वमा ३ सदस्यीय मूल समिती गठन गरिएको छ । यस समितीमा वडाका बाख्रा पालक किसान सबै सदस्यको रुपमा रहने वडा अध्यक्ष देवेन्द्र कुव“रले जानकारी दिए । वडा नं १० भित्रका ब्यावसयिक बाख्रा पालन गर्ने किसानहरूले यस बाख्रापालन श्रोतकेन्द्र मार्फत थुप्रै सहयोग प्रप्त गर्ने छन । वडा अध्यक्ष देवेन्द्र कुव“रका अनुसार यस बाख्रा पालन श्रोत केन्द्रबाट व्यवसायिक किसानहरूलाई खोर व्यवस्थापनको लागि प्रत्येक चार चार महिनामा तालिमको व्यवस्था, निशुल्क रुपमा औषधी बितरण, नस्ल सुधारको लागि उन्नत जातका बोकाको व्यवस्था र बजारीकरणमा समेत सहयोग पु¥याउने उनले बताए ।
वडा नं १० मा बाख्रापालन किसान धेरै रहेकोले व्यवसायिक रुपमा अगाडी बढ्न चाहने किसानहरूको यस श्रोत केद्रले सहजीकरण गर्ने बिश्वास लिएको स्थानिय मूल समितीकी कोषाध्यक्ष्य जानकी भट्टले बताइन् ।
वडा कार्यालयले बाख्रापालन सम्बन्धि बुधबार देखि एक हप्ते तालिमको समेत व्यवस्था गरेको छ । वडाका २५ जना किसानहरूलाइ पहिलो बाख्रापालन सम्बन्धि गोठ व्यवस्थापनको बारेमा बाख्रा अनुवजांसीक विकास केन्द्र बुढीतोला कैलालीको सहजीकणमा तालिमको पनि व्यवस्था गरेको वडा कार्यालयल जनाएको छ ।
नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेकाले बाख्रा श्रोतकेन्द्रको रुपमा स्थापना हुनु सह्रानिय पक्ष रहेको नगर प्रमुख केसव बहादुर चन्दले बताए । व्यवसायिक पशूपालक किसानहरूलाई नगरपालिकाले पनि सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार