१५ चैत्र २०८०, बिहीबार

गैरसरकारी संस्थालाई उद्देश्य अनुरूप काम गर्न अनुरोध



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी गैरसरकारी संस्थालाई आफ्नो उद्देश्य अनुरूप काम गर्न आंैल्याएका छन् ।

बिहीबार इन्सेकद्वारा धनगढीमा आयोजित नागरिक संगठन (संघ संस्था) का संवैधानिक अधिकार संवाद कार्यक्रममा मन्त्री सुवेदीले विभिन्न लक्ष्य उद्देश्य सहित दर्ता भएका संघसंस्थाले आफ्नो उद्देश्य अनुरुप काम नगरेका बताए । ‘यहा“ विभिन्न संघसंस्था विभिन्न लक्ष्य उद्देश्यका साथ दर्ता भएका छन्’ मन्त्री सुवेदीले भने, ‘तर जुन लक्ष्य उद्देश्यका साथ संस्था दर्ता भएको हो त्यो लक्ष्य उद्देश्य अनुरुप भने काम गरेको छैन ।’
मन्त्री सुवेदीले संस्थालाई जवाफदेही, जनता प्रति उत्तरदायी बनाउन प्रदेश सरकारले नियमन गर्न आवश्यक रहेको बताए । यसका साथै मन्त्री सुवेदीले सबै संघसंस्थालाई सबै संग सहकार्य गरि परिणाममुखी काम गर्न सुझाए ।
कार्यक्रममा उपसभामुख निर्मला बडाल जोशी गैरसरकारी संघसंस्थालाई उप्लब्धिमूलक काम गर्नु पर्ने बताइन् । उपसभापति जोशीले संघसंस्थाले गाउ“घरका सर्वसाधारण व्यक्तिको सोचाईमा पनि परिवर्तन ल्याउन आवश्यक रहेको बताइन् । यसका साथै उनले प्रदेश सरकारले यहा“को विकासका लागि सबै गैरसरकारी संघसंस्थामार्फत सहकार्य गरि अघि बह्रने समेत बताईन् ।
कार्यक्रममा अधिकांश प्रदेश सांसदहरूले यहा“का संघसंस्थालाई एकद्वार प्रणालीमा ल्याउन आवश्यक रहेको औंल्याएका थिए । यसका साथै उनीहरू विभिन्न लक्ष्य उद्देश्य सहित दर्ता भएका सबै गैरसरकारी संघसंस्थाहरूको कामकार्वाहीको नियमन, मुल्यांकन गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रम इन्सेकका केन्द्रीय अध्यक्ष डाक्टर ईन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य, मानवअधिकार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार