७ बैशाख २०८१, शुक्रबार

माघमा आयो बाढी



धनगढी । सुदूरपश्चिममा बिहिबार राति भएको भारी वर्षाका कारण तराइँका विभिन्न नदीहरुमा बाढी आएकाे छ ।

भारी वर्षाका कारणा शुक्रवार लिक्मा नदीमा अाएको बाढी ।

कैलालीमा पर्ने कर्णाली, पथरैया, कान्द्रा, गौरीगंगा, चौमाला, शिवगंगा, खुटिया, मोहना, कञ्चनपुरको महाकाली डोडा लगायतका नदीमा बाढी आएको हो । अत्यधिक वर्षाका कारण माघ महिना भएपनि बाढी आएको जल तथा मौषम विभागले जनाएको छ ।
विभागका अनुसार डडेल्धुरामा ३४, दिपालयमा २८ र धनगढीमा १२ मिलिलिटर वर्षा भएको छ । वर्षासंगै पहाडी जिल्ला उच्च भेगमा हिउँ समेत परेको विभागले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका रहेको बाढी मापन केन्द्रले शुक्रबार दिउँसो कर्णालीमा ४।०३ मिटर पानीको सतह बढेको थियो । नेपाल सरकारको हाइड्रोलोजी डिभिजनले महाकालीमा पानीको सतह १।८८ मिटर पुगेको जनाएको छ ।
बाढी मापन केन्द्रका कैलालीका कम्युनिकेशन अपरेटर प्रकाश पाण्डेले अन्य नदीमा पनि पानीको सहत बढेको बताए । उनले पानीको सतह बढेपनि खतराको स्थिति भन्दा निकै तल रहेको बताए । उनले साँझदेखि पानीको नदीहरुमा सतह घट्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार