१३ बैशाख २०८१, बिहीबार

सत्तापक्षका सांसद नै सरकारको आलोचनामा उत्रिए



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरू नै प्रदेश सरकारको आलोचनामा उत्रिएका छन् ।
सत्तापक्षीय नेकपा प्रदेश सांसद्हरुले प्रदेश सरकारले जनतालाई गणतन्त्रको अनुभूति हुने गरी काम गर्न नसकेको तथा विकास बजेट खर्च गर्न नसकेको भन्दा खरो आलोचना गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभाको बिहीबारको बैठकको सून्य समयमा बोल्ने सत्तापक्षीय सांसदहरू महेशदत्त जोशी, शान्ति नेपाली, सुशीला बुढाथोकी र हर्कबहादुर कु“वरले किसान, दैविप्रकोप पीडित, प्रदेश गौरवका आयोजना आदि क्षेत्रमा सरकारले काम गर्न नसकेको चर्चा गरे ।
बिहीबारको बैठकमा प्रतिपक्षी सांसदहरू झैं सत्तापक्षीय सांसद पनि सरकारले जनताको पक्षमा काम गर्न नसकेकोमा आक्रोस व्यक्त गरे ।
नेकपाका प्रदेश सांसद महेशदत्त जोशीले भने– प्रदेश सरकारले अहिलेसम्म आम नागरिकले गणतन्त्रको अनुभूति गर्न पाउने गरि काम नै गर्न सकेन । सभाको अध्यक्षता गरिरहेका सभामुख अर्जनबहादुर थापासंग उनले प्रश्न गरे– नागरिकले सामान्य सेवा सुविधा समेत पाउन नसकेको सन्दर्भमा जनताले कहा“ गएर लोकतन्त्रको अनुभूति गर्ने ?
प्रदेश सांसद जोशीले प्रदेश सरकारले किसानलाई समयमा मल र बीऊ समेत दिन नसकेकोमा आक्रोस व्यक्त गरे । उनले भने– मौसम अनुकुल भए पनि मलको अभावका कारण उत्पादनमा ह्रास आउने देखिएको छ । बैतडीमा किसानले विद्युतको मिटर समेत नपाएका कारण सिंचाईं गर्न पाएनन् ।
बैठकमा नेकपाका अर्का सांसद नेपालीले चट्याङ तथा हिमपातबाट पीडित नागरिकलाई सरकारले राहत नदिएकोमा आलोचना गरिन् । उनले भनिन्– सरकारले आकस्मिक कोषबाट दैवी प्रकोप पीडित नागरिकलाई राहत दिने व्यवस्था मिलाउनु पर्दछ । यदि पीडितले समयमा राहत पाउन सक्दैनन् भने त्यो आकस्मिक कोषको के औचित्य ?
उनले चालू आर्थिक वर्षको छ महिना वितिसक्दा पनि प्रदेश गौरवका योजनाहरु शुरुवात हुन नसकेकोमा सरकारको आलोचना गरिन् । उनले भारतबाट आयात गरिन् कृषि उत्पादनमा कर बढाउन माग गरिन् ।
त्यस्तै, सत्तापक्षका सांसद बुढाथोकीले स्थानीय सरकारले छाडा पशुचौपाया नियन्त्रण गर्न नसक्दा किसानहरु आजित भएको बताइन् । उनले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि प्रदेश सरकारले स्थानीय तहहरूलाई सहयोग गर्न आग्रह गरिन् । उनले धनगढी उपमहानगरपालिकामा छाडा पशुचौपायको समस्या सबैभन्दा बढि रहेको बताइन् ।

सांसद् बुढाथोकीले हुलाकी सडक निकै सा“घुरो रहेकाले सवारी दुर्घटनाका घटनामा बृद्धि भएको चर्चा गरिन् । उनले हुलाकी सडकको स्तरोन्नती तथा चार लेनको बनाउन पहल गर्नुपर्ने बताइन् ।
नेकपाका अर्का सांसद कु“वरले बाढी, पहिरो तथा असिना पीडितले कहिले राहत पाउने ? भन्ने प्रश्न गरे । सांसद कु“वरले छिटो महिला सशक्तिकरण कार्यविधि बनाउनुपर्ने, किसानलाई समयमै मल, बीउ उपलब्ध गराउनुपर्ने तथा छाडा गाईगोरुको व्यवस्थापनमा ध्यान दिन सरकारसंग माग गरे । उनले कञ्चनपुरको डोकेबजार नजिक भारतले ट्रेन्च खन्ने र तारजाली लगाइरहेकोप्रति प्रदेश सरकारको धारणा माग गरे ।
बिहीबारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् भरतबहादुर खड्काले डडेल्धुरा दुर्घटनाका घाइतेहरूले अझैंसम्म उपचार खर्च नपाएकोमा आक्रोस व्यक्त गरे । सांसद खड्काले कञ्चनपुरका उखु किसानहरुका समस्या छिटो समाधान गर्न सरकारसंग माग गरे ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद् मालामति रानाले उखु सुकिसक्दा पनि किसानहरुले काट्ने पूर्जि नपाएकोमा चिन्ता व्यक्त गरिन् । उनले प्रदेश सरकारलाई उखु किसानलाई उखु बिक्रीको रकम पनि तत्काल दिलाउने तर्फ प्रदेश सरकारले ध्यान दिन माग गरिन् ।
प्रदेश सांसद् रानाले भारतले एकतर्फी रुपमा डोकबजारमा तारजाली र ट्रेन्च खन्ने काम जारी राखेकोप्रति प्रदेश सरकार के गरिरहेको छ भनि प्रश्न गरिन् । उनले गेटा आ“खा अस्पताललाई आ“खा संकलन केन्द्रको रुपमा स्थापना गर्न र आई बैंक सञ्चालन गर्न माग गरिन् ।

आलोपालो बैठक सञ्चालन

प्रदेश सभाको बिहिबारको बैठक सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी बडालले आलोपालो गरी सञ्चालन गरेका थिए ।
बैठकको शुरुवात गरेका सभामुख थापाले तीन जना सांसद्लाई बोल्नका लागि समय दिइसकेपछि बाँकी बैठक सञ्चालन गर्ने जिम्मेवारी उपसभामुख जोशीलाई दिएर बिदा भएका थिए । सभाको अर्को बैठक माघ २७ गते आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक अन्त्य भएको घोषणा उपसभामुख जोशीले गरिन् ।

सुशासन प्रत्याभूति गर्ने विधेयक पेश

प्रदेश सभाको बिहीबारको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका छन् ।
प्रदेश सभा नियमावली २०७४ को नियम २०६ को उपनियम २ बमोजिम मन्त्री शाहले सो विधेयक सभामा छलफलका लागि पेश गरेका हुन् । विधेयक पेश गर्दै मन्त्री शाहले विधेयकले प्रदेशमा सुशासन कायम गर्न सघाउ पु¥याउने बताए । बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख थापाले प्रदेश सभामा विधेयकमाथि विरोध दर्ता नभएको जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार