१३ बैशाख २०८१, बिहीबार

घोडाघोडी महोत्सव सकियो



सुखड । कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्ध घोडाघोडी विकासको आधार भन्ने नाराका साथ सुरु भएको घोडाघोडी महोत्सव, २०७५ बुधबार समापन भएको छ । महोत्सव गत १४ गतेदेखि सञ्चालन भएको थियो । घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको सहआयोजकमा घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्च रहेका थिए ।
महोत्सव समापन कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य, नगरपालिकाका उपप्रमुख प्रेम कुमारी थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार