६ बैशाख २०८१, बिहीबार

निर्माण व्यवसायी संघमा उपाध्याय



धनगढी । निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा यज्ञराज उपाध्याय निविरोध चयन भएका छन ।
बुधबार बसेको कार्य समितिको बैठेकले उपाध्यायको अध्यक्षतामा नया“ कार्य समितिका सात जना पदाधिकारीलाई निर्विरोध चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर मल्ल, प्रथम उपाध्यक्षमा ओमराज पाठक द्धितीय उपाध्यक्षमा राजेन्द्र प्रसाद जोशी, महासचिवमा दिनेश बहादुर सिंह, उपमहासचिव नितिगत तर्फ धिरेन्द्र साउद उपमहासचिव आनतरिकमा विक्रम विष्ट, कोषाध्यक्षमा दीर्घराज जोशी, सहकोषध्यक्ष तपेन्द्र शाहा निर्विरोध चयन भएको हुन ।
संघमा सदस्यको नाम भने टुङ्गो लाग्न बाकी रहेको छ । सात जना सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार