१३ बैशाख २०८१, बिहीबार

एन्फा कोचिङ कोर्श शुरु



धनगढी  । कैलालीको धनगढीमा एन्फा लाइसेन्स कोचिङ कोर्श बुधबारदेखि शुरु भएको छ । कैलाली जिल्ला फुटबल संघ र अखिल नेपाल फुटबल संघको संयूक्त आयोजनामा भइरहेको कार्यक्रमको संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरेका थिए ।

सो अवसरमा अध्यक्ष शेर्पाले चार वर्षभित्र देशका ४५ जिल्लामा आफनै कार्यालय र प्रशिक्षण केन्द्र स्थापना गरि सक्ने बताए । उनले फुटबल क्षेत्रको सुधारका लागि तराईमा कम्तिमा पा“च वटा र पहाडी जिल्लामा कम्तिामा तालिम मैदान स्थापना गर्नु आवश्यक रहेको बताए । उनले देशभरी १४ वटा प्राविधिक केन्द्र स्थापना गर्न पनि आवश्यक रहेको बताए ।
कैलाली फुटबल संघका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठ, जिल्ला फुटबल संघका उपाध्यक्ष अनिल मल्ल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो तालिम २७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३२ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार