१५ चैत्र २०८०, बिहीबार

प्रादेशिक औषधी व्यवस्थापन विभाग स्थापना गर्न माग



धनगढी । नेपाल फार्मेसी संघले तत्काल प्रादेशिक औषधी व्यवस्थापन विभाग स्थापना गर्न माग गरेको छ ।

विभाग स्थापनासंगै छ बु“दे विभिन्न माग राख्दै संघले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् । संघका अध्यक्ष भरत बुढाले बुझाएको ज्ञापनपत्रमा प्रदेशको औषधी प्रयोगशाला स्थापना, मेडिकल आपुर्ति केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल, क्षेत्रीय, उपक्षेत्रीय र जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय, स्थानीय तहमा फार्मेसी सहायक र फार्मासिष्टको दरबन्दी कायम गर्नुपर्ने, अस्पताल फार्मेसी निर्देशिका २०७२ हुवहु कार्यान्वयन गर्नुपर्ने, जहाँ औषधी त्यहाँ फार्मासिष्टको अवधारणा सहित राज्यका हरेक निकायमा दरबन्दी कायम गर्नुपर्ने र गैर आधिकारीक व्यक्ति–संस्थाबाट सञ्चालित फार्मेसी (औषधी पसल) तत्काल बन्द गर्नुपर्ने उल्लेख छ ।

एक हप्ताभित्र प्रदेश सरकारले मागप्रति सुनुवाई नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने सो ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार