१५ चैत्र २०८०, बिहीबार

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ गठन



दार्चुला । सुदूरपश्चिम विश्वविद्यालयमा विश्वविद्यालय प्राध्यापक संघ गठन गरिएको छ ।
प्राध्यापकहरुको भेलाले सोमवार राति सहमतिको आधारमा उत्तम बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय संघ गठन गरेको जनाइएको छ ।


कार्यसमितिको उपाध्यक्षमा मदन बहादुर बोहरा, महासचिवमा खेम सुवेदी, सचिवमा दिपक बहादुर साउद र कोषाध्यक्षमा ईश्वर कुमार हमाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा मानबहादुर चन्द, धनकृष्ण उपाध्याय, मानबहादुर पाल, वीरेन्द्र भट्ट, भीम धामी र मदनबहादुर चन्द रहेका छन् ।
प्राध्यापकहरुको भेलाले नेपाल प्राध्यापक संघ केन्द्रीय प्रतिनिधिमा खगेन्द्र जोशी, महेन्द्रबहादुर चन्द, धर्मराज जोशी, नाथुराम चौधरी, जगतबहादुर सिंह रावल, पुष्पराज जोशी र पृतबहादुर बिष्टलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार