१२ बैशाख २०८१, बुधबार

तेस्रो प्याब्सन कप क्रिकेट: नेशनललाई आधारभुत तहको उपाधी तथा पानसदिपलाई मावि तहको उपाधी



बौनिया। कैलालीको लम्कीचुहा नगरपालिकामा जारी प्याब्सन कप क्रिकेटको आधारभूत तहको उपाधी कैलाली नेशनल स्कुलले जितेको छ । त्यस्तै, मावि तहको उपाधी पानसदिप स्कूल लम्कीले उचालेको छ ।
मंगलबार भएको आधारभूत तहको फाईनल खेलमा कैलाली नेशनलले सेती भिजन स्कुल चुहालाई १२ रनले पराजित ग¥यो ।
टस जितेर पहिले ब्याटिङ गरेको कैलाली नेशनल १० ओभरमा ५१ रनमा अलआउट भयो । सेती भिजनका विवश चौधरीले चार विकेट लिए ।
५२ रनको विजय लक्ष्य पच्छ्याउने क्रममा सेती भिजन १५ औं ओभरमा ३९ रनमा अलआउट भयो । सेती भिजनमाथि जित प्राप्त गर्ने क्रममा कैलाली नेशनलका हेमन्त शाहीले तीन विकेट लिए । उनी खेलको म्यान अफ द म्याच बने ।
यसैगरि मंगलबार नै भएको मावि तहको फाइनल खेलमा पानसदिप २६ रनले बिजयी भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको पानसदिपले निर्धारित १५ ओभरमा नौ विकेट क्षतीमा ९७ रन बनायो । पानसदिपका मौसम विकले २०, पारस बिष्टले २१ तथा नबिन बमले २२ रन बनाए ।
९८ रनको लक्ष्य पाएको ब्राईटफ्युचर स्कुल निर्धारित १५ ओभरमा नौ विकेट क्षतीमा ७१ रनमा समेटियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार