४ बैशाख २०८१, मंगलवार

बृहत आँखा शिविर सम्पन्न



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा सोमबार बृहत् आँखा शिविर समापन भएको छ ।
जोशीपुर गाउँपालिका र नेपाल नेत्र ज्योति संघ तथा गेटा आँखा अस्पतालकोे आयोजना एवं फ्रेड हलोज फाउन्डेशनको सहयोगमा गत १८ गतेदेखि आ“खा शिविर भएको थियो ।
आ“खा शिविरमा दुई हजार एक सय १५ जनाको आँखा परिक्षण गरिएको थियो । शिविरमा चार सय ३० जना मोतिविन्दुका विमारीको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण गरिएको थियो ।
त्यस्तै, शिविरमा पाँच सय २१ जनालाई चश्मा उपलब्ध गराउनको साथै एक हजार एक सय ६४ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको गेटा आ“खा अस्पतालले जनाएको छ ।
गेटा आँखा अस्पतालका निर्देशक एवं बरिष्ट नेत्र विशेषज्ञ डाक्टर सुरेश राज पन्तको नेतृत्वमा संचालित शिविरमा नेत्र बिशेषज्ञ डाक्टर समता शर्मा, बरिष्ट नेत्र अधिकृत रमेशचन्द्र भट्ट, दृष्टि बिशेषज्ञ जीवानन्द बिष्ट सहित २३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार