१३ बैशाख २०८१, बिहीबार

क्यास्पियन कप क्रिकेट कैलाली विद्याश्रम र एक्सिस विजयी



धनगढी । धनगढीमा जारी क्यास्पीयन कप क्रिकेटको सोमबार भएको खेलमा कैलाली विद्या निकेतन र एक्सीस विद्याश्रम विजयी भएका छन् ।


सोमबारको खेलमा कैलाली विद्या निकेतनले ऐश्वर्य विद्या निकेतनलाई एक रनले हरायो । त्यस्तै, एक्सिसले थ्रीस्टारलाई ३९ रनले पराजित ग¥यो ।
सोमबारको पहिलो पहिलो खेलमा पहिले ब्याटिङ गर्दै कैलाली विद्या निकेतनले १० ओभरमा आठ विकेटको क्षतिमा ५० रन बनायो । कैलाली विद्या निकेतनका लोकेश विष्टले ११ रन बनाए । बलिङतर्फ ऐश्वर्यका पुष्कर जोशीले तीन विकेट लिए । भने दिपेन्द्र मल्ले दुई विकेट लिए ।
५१ रनको विजय पछ्याएको ऐश्वर्यले निर्धारित १० ओभरमा सात विकेटको क्षतिमा ४९ रन मात्र बनाउन सक्यो । ऐश्वर्यका नरेश पन्तले १२ रन बनाए । बलिङतर्फ कैलाली विद्या निकेतनका करण वोहराले तीन विकेट लिए ।
त्यस्तै, दोस्रो खेलमा पहिले ब्याटिङ गरेको एक्सीसले १० ओभरमा ८२ रन बनायो । एक्सिसका दिपक ओझाले २१ र करन भाटले १९ रन बनाए । बलिङतर्फ थ्रीस्टारका चेतन गुप्ता, हेमराज भट्टराई, एलिस गौतम र भुवन चौधरीले दुई÷दुई विकेट लिए ।
८३ रनको विजय लक्ष्य पछ्याएको थ्रीस्टार ४३ रनमा अलआउट भयो । थ्रीस्टारका राजेश कार्कीले १० रन बनाए ।
एक्सीसका राकेश विष्टले तीन विकेट लिए भने बरुण दत्त भाट र खेमराज उपाध्यायले २÷२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार