१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम महोत्सव शुरु (भिडियाे र फोटाे फिचर)



धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन २ गतेसम्म चल्ने सो महोत्सव उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन कार्यक्रममा आयोजक संघले सात वटा माग राख्दै मुख्यमन्त्री भट्टलाई सात किलोको मालाले स्वागत गरेको छ । सरकारलाई माग पुरा गर्न दवाव दिन सात किलोको माला पहि¥याएको संघले जनाएको छ ।
महोत्सव उद्घाटनमा मुख्यमन्त्री भट्टले खप्तडसम्म सडक पु¥याउन सरकारले काम गरिरहेको जनाएका छन् । उनले खप्तडसम्म पर्यटक पुग्न सक्ने अवस्था नरहेको र पुगिहालेपनि खानेबस्ने व्यवस्था नभएका कारणले खप्तडको राम्रो प्रचार हुन नसकेको बताए । उनले यो अवस्थामा सरकारले सडक पु¥याएमा खानेबस्ने व्यवस्थाका लागि नीजि क्षेत्रले काम गर्न सक्ने बताए ।

मुख्यमन्त्री भट्टले सरकारले सुदूरपश्चिमको विकासका लागि नागरिक, प्रतिपक्ष र नीति क्षेत्रलाई संगै लिएर अगाडि बढ्ने बताए । उनले नीति क्षेत्र, प्रतिपक्ष र नागरिकको सहयोग विना सुदूरपश्चिमको विकास र समृद्धि पुरा नहुने बताए ।
केहि कानुनी र प्राविधिक जटिलता रहेको बताउँदै मुख्यमन्त्री भट्टले त्यसलाई समाधान गर्न सरकार अगाडि बढिरहेको बताए । उनले पहुँचको आचारमा विकास आउने पुरानो प्रथालाई पछाडि छोडेर अगाडि बढ्नका लागि कानुनी र प्राविधिक जटिलता सामाधान गरिने बताए । उनले नीजि लगानीकर्ताहरुलाई सहज बनाउनका लागि कानुन निर्माण गरिरहेको बताए ।
नीजि लगानीकर्ता सरकारबाट चाहिने प्राशासनिक सहुलियत सहज रुपमा दिनुपर्ने मुख्यमन्त्री भट्टले बताए । सरकारले सुरक्षा, प्राशासनिक सहुलियत, जग्गा दिन सकेमा नीजि लगानीकर्ताहरुले लगानी गर्न तयार रहको बताउदै मुख्यमन्त्री भट्टले सरकार त्यसको व्यवस्थापनमा लागेको बताए ।

सुदूरपश्चिम प्रदेश जलस्रोतमा सबै प्रदेश भन्दा धनिरहेको बताउँदै मुख्यमन्त्री भट्टले जलस्रोतमा लगानी गर्न नीजि क्षेत्रलाई प्रोत्सहन गर्ने कार्यक्रम सरकारले ल्याएको बताए । उनले कृषि र कृषि उद्योग विकास र जडिबुटी प्रशोसन र उद्योगका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले शिक्षा र स्वास्थ्यको समस्या समाधानका लागि पनि प्रदेश सरकार काम गरिरहेको बताए ।
उनले आलोचनाका लागि मात्रै आलोचना गर्नु भन्दा सहि काम गराउनका लागि आलोचना गर्न आवश्यक रहेको बताए । प्रतिपक्षले सोमबार गरेको विरोध प्रदर्शनलाई लक्षित गर्दै उनले सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्नु पर्ने बताए । उनले आर्थिक विकासका लागि सबैको सोच सोही अनुसारको हुनुपर्ने बताए ।
मुख्यमन्त्री भट्टले संघले गरेको माग मध्ये केहि माग प्रदेश सरकारले गर्न सकिने र केही केन्द्रीय सरकारको सहकार्यमा पुरा गर्ने बताए । सुदूरपश्चिममा औद्यौगिक क्षेत्र स्थानपना, उद्योग प्रोत्साहनका लागि सुदूरपश्चिमलाई उद्योगका लागि १० वर्षसम्म कर छुट गर्न, धनगढी विमान स्थललाई क्षेत्रीय विमान स्थलको रुपमा स्तरोन्नती गरी वैकल्पिक अन्तराष्ट्रिय विमान स्थल बनाउन, प्रदर्शनी स्थल निर्माण, सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न प्रदेश अस्पताल बनाउन, गौरीफन्टा नाकाको स्तरोन्नती गरी सुदूरपश्चिमलाई चीनसंग जोड्ने नाका खुलाउन, सुदूरपश्चिममा पर्यटन विकासका लागि खप्तड, घोडाघोडी, शुक्लाफाँटा, चिसापानी लगायतका धार्मिक पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्न माग गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेशका प्राकृतिक क्षेत्रको विकास गर्न सकेमा सुदूरपश्चिमलाई समृद्ध र देशकै नमुना प्रदेश बनाउन सकिने बताए । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिममा उत्पादन भएका कच्चा पदार्थको प्रसोधन गरी निर्यातका योजना बनाइरहेको बताइन् । उनले त्यसका लागि नीति क्षेत्रहरु जुर्मुराउनु पर्ने बताइन् । उनले सुदूरपश्चिमको समृद्धिका लागि सरकारले शुक्ष्म ढंगले अध्ययन गरी नीजि क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताइन् । उनले सुदूरपश्चिममा उद्योग र पर्यटनको विकासका लागि सरकारले नीजि क्षेत्रको सल्लाह लिएर अगाडि बढ्ने बताइन् ।
राष्ट्रिय सभाका सांसद शेरबहादुर कुँवरले कानुनी जटिलता अन्त्य गर्न नयाँ कानुन बनाएर अगाडि बढ्ने बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक डा. रणबहादुर रावलले सरकारले आएको बजेट समेत खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले कैलाश पर्वत हुँदै चीनको ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्ग समयमै बनाउन सकेमा लाखौ भारतीयहरु कैलाश यात्रामा आएर सुदूरपश्चिमको समृद्धि त्यहीबाट हुने बताए ।

आयोजक संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरी, नेपाली कांग्रेसका कैलाली उपसभापति प्रकाश बम, उद्योग वाणिज्य महासंघका सदस्य चन्द्र ढकाल, कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सुदरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय, प्रतिनिधि र प्रदेश सभाका सदस्यहरु, उद्योगी व्यवसायीहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांस्कृतिक साँकीहरु प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार