१३ बैशाख २०८१, बिहीबार

अमरावतीमा धार्मिक महोत्सव शुरु



लम्की । कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ अमरावतीमा आइतबारदेखि धार्मिक महोत्सव शुरु भएको छ ।
महोत्सवको सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन बहादुर थापाले एक समारोहबीच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर रावलको अध्यक्षतामा भएको थियो ।
धार्मिक महोत्सवमा उद्घाटन पूर्व कलश यात्रा गरिएको थियो ।
उदघाटन कार्यक्रममा प्रदेश सभा सदस्य थापा, भागवात वाचन शिरोमणी नारायण शरण, अमरावती जल उपभोक्ता संस्थाका अध्यक्ष भिमबहादुर शाह, ललित ताम्राकार लगायतले मन्तव्य व्यक्त ग्रेका थिए ।
धार्मिक महोत्सव माघ २६ गतेसम्म सन्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार