१३ बैशाख २०८१, बिहीबार

प्रारम्भीक कक्षा पढाईका लागि अनुदान सम्झौता



धनगढी । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमले गुणस्तरीय प्रारम्भीक कक्षा पढाईका लागि धनगढी उपमहानगरपालिका २२ वटा विद्यालयलाई अनुदान दिने भएको छ ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तगएत आईतवार न्यु कालिका आधारभूत विद्यालय, उर्मामा आयोजित विद्यालय व्यवस्थापन अनुदान अभिमुखीकरण तथा सम्झौता कार्यक्रममा प्रत्येक विद्यालयलाई दुई लाख ्ररुपैयाका दरले अनुदान दिइने जानकारी दिइयो ।
विद्यालयको विभिन्न शैक्षिक, आर्थिक, भौतिक तथा प्रशासनिक पक्षहरूको व्यवस्थापन गर्न, विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको शैक्षिक तथा अन्य पक्षहरूको निरन्तर विकासका लागि विद्यालय व्यवस्थापन समितिकै नेतृत्वमा विद्यालयको नियमित कार्यव्रmम तथा योजनामा प्रारम्भिक कक्षा पढाइ सुधारका व्रिmयाकलापहरू समावेश गर्न,प्रारम्भिक कक्षामा विद्यालय प्रशासनको ध्यान तथा लगानी केन्द्रित गरी आधारभूत शिक्षाको दीर्घकालीन विकास गर्ने, उद्देश्यले विद्यालय व्यवस्थापन अनुदानको व्यवस्था गरिएको उक्त अवसरमा जानकारी गराईएको थियो ।
नेपाल सरकारको नेतृत्व र प्रारम्भिक कक्षा पढाइ कार्यव्रmमको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिकाका २२ वटा विद्यालयले प्राप्त गर्ने रकम छापामय वातावरणको कक्षा कोठा निर्माण, साथीदौतरी शिक्षा तालिम, पढाई महोत्सव, शिक्षक अभिभावक सम्मेलन, पढाई शिविर, र स्थानिय स्तरमा शैक्षिक सामग्रीको निर्माण र प्रयोग गर्ने कार्यमा खर्च गरिने जनाइएको छ ।
यो कार्यक्रमबाट विद्यालयमा अभिभावकहरुको सहभागीतामा वृद्धि, विद्यालयको शैक्षिक सामग्रीको उपलब्धता, विद्यालय समय वाहेक अन्य शैक्षिक गतिविधीमा अभिभावकको सहभागीता, विद्यालय सुधार योजनामा पनि प्रारम्भीक कक्षा पढाईका गतिविधीहरुको निरन्तरता पाउने जनाइएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष माधवराज राना, वडा सदस्य बम बहादुर बोहरा र दिलसरी वि.क, प्रारम्भीक कक्षा पढाई उपसमितीका संयोजक सुनिता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार