१३ बैशाख २०८१, बिहीबार

भारत लगिदै गरेकी एक महिलाको उद्दार



धनगढी । कञ्चनपुरकी एक महिलाको भारतीय सिमा सुरक्षा बलले शनिबार उद्दार गरेको छ । भारतीय प्रहरीले कञ्चनपुर प्रेमनगर बस्ने २५ वर्षिया महिलालाई सिमाबाट उद्दार गरि शान्ति पुनस्थापना गृहमा बुझाइएको हो ।
कञ्चनपुर बस्ने शिवा चौधरीले ती महिलालाई भारत लग्न लागेको भारतीय एसएसवी इन्स्पेक्टर अभय यादवले बताए । ‘पुरुष एक्लै अगाडि गए र महिला पछि पछि जाँदै गरेकी थिइन्’ उनले भने ‘हामीलाई शंका लागेपछि सोधपुछ गर्दा महिलाले प्रष्ट जवाफ दिन सकिन्न । त्यसपछि पुनस्थापना गृह बुझाएका हौ ।’
उनका अनुसार पुरुष भने प्रहरीबाट बच्न सफल भएका छन् । उनले पुरुषले ती महिलालाई बेच्ने उद्देश्यले लग्न लागेको हुन सक्ने आशंका व्यक्त गरे ।
ती महिलाले भारतीय प्रहरीलाई शिवा आफनो प्रेमी भएको बताएकी छिन् । इन्स्पेक्टर यादवले ती महिलाले आफनो श्रीमान छोडेर प्रेमीसंग जान लागेको सोधपुछका क्रममा बताएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार