१२ बैशाख २०८१, बुधबार

मरेको चितुवा फेला भेटियाे



डोटी । दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउ“ नजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ ।
उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिकृत रामविचारी ठाकुर, रेञ्जर सुरेश रोकाया, सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर्मा र लडागडा प्रहरी चौकीको टोली उक्त स्थान पुगेको छ ।

चितुवा अन्दाजी तीन वर्षको रहेको र शरीरमा घाउ देखिएकाले गोली लागेर मरेको हुनसक्ने वा बँदेलको आक्रमणबाट मरेको हुनसक्ने सो टोलीको प्रारम्भिक अनुमान छ ।
जिल्ला सदरमुकाम ल्याई परीक्षण गरेर मात्रै चितुवा मरेको कारण यकिन गर्न सकिने सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताए ।
ब्रमण्डी सामुदायिक वन क्षेत्रको खोल्सामा चितुवा मृत अवस्थामा भेटिएपछि सो सामुदायिक वनका अध्यक्ष झंकर साउदले डिभिजन वन कार्यालय र सिलगढी सव–डिभिजन वन कार्यालयलाई जानकारी गराए ।
सो चितुवाको परीक्षण पश्चात आवश्यक प्रक्रियाबाट डिभिजन वन कार्यालयको परिसरभित्रै नष्ट गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार