१३ बैशाख २०८१, बिहीबार

सुनचाँदी व्यवसायी संघको प्रदेश समिति गठन



धनगढी । नेपाल सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ । शनिबार धनगढीमा भएको एक भेलाले प्रदेश समिति गठन गरेको जनाइएको छ ।

भेलाले विपेन्द्र रामुदामुको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति गठन गरेको छ । समितिको सहसंयोजकमा सन्तोष लामिछाने, सचिवमा रुपक सुनार र कोषाध्यक्षमा उमेश सुनार चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा कृष्णमान सोव, सुनिल घिमिरे, राकुमार लामिछाने, गणेशबहादुर सुनार, दिनेश सोव, भीमबहादुर स्नेही, दिप पौडेल, दविस स्नेही र सकुन्तला सोव चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार