१२ बैशाख २०८१, बुधबार

योजना छनौटका लागि सुझाव संकलन



धनगढी । धनगढी उपमहानगरपालिका–१३ ले आर्थिक वर्ष २०७६।०७७ को योजना छनौट गर्न सुझाव संकलन गरेको छ ।
वडा नं.१३ ले आपm्नै कार्यालयमा शनिवार स्थानीयलाई बोलाई सो सुझाव संकलन गरेको हो । स्थानीय सहभागीले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको विकास लागि नयाँ गुरुयोजना ल्याएर काम गर्नु पर्ने सुझाव दिएका छन् ।
योजनालाई छनोट गर्दा दीर्घकालीन र तत्कालीन गरी कामको वाडफाड गरिनु पर्ने र विकास गर्नु पर्ने क्षेत्रको पहिचान गरी मानचित्र तयार गर्नु पर्ने नेपाली कांग्रेसका नेता हरिश खडकाले सुझाव दिए । ढल निकास गरी डुवान क्षेत्रको अन्त्य गर्नु पर्ने, गुणस्तरीय शिक्षाको विकास गर्नुपर्ने, स्थानीयलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सहुयितमा ऋणको व्यवस्थागर्नु पर्ने र सम्भाव्यता अध्ययन गरी विकासको लागि प्रोफाईल तयार गर्नुपर्ने समाज सेवी प्रेम ठकुल्लाले सुझाव दिए ।
स्थानीय खडक जोशी र ओम जोशीले पनि विकासका लागि दिर्घकालीन योजना वनाउनु पर्ने, कृषकले उत्पादन गरेका तरकारीलाई वजारको व्यवस्थापन गर्नु पर्ने, विद्युतका पोलहरुलाइ व्यवस्थित गरिनुपर्ने सुझाव दिए ।
धनगढी उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विजय राज जोशीले विगतको आर्थिक वर्षमा पनि स्थानीयको सुझावको आधारमा काम गरेको र यस वर्ष पनि सोही अनुसार गर्ने बताए । वडाको विकासका लागि कुनै कसुर बाँकी नराख्ने र राम्रा काममा स्थानीयहरुको साथको पनि आवस्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार