१३ बैशाख २०८१, बिहीबार

प्रदेश सभा सञ्चालन सम्बन्धी विधेयक छलफलका लागि समितिमा



धनगढी । प्रदेश सभाको शुक्रबारको बैठकबाट प्रदेश सभा सञ्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव पारित भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री शाहले दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री शाहको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभामुख थापाले सो विधयेक दफावार छलफलका लागि विधायन समितिमा पठाइने जनाए ।
त्यसअघि सासंदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउएका थिए । प्रदेश सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सासंद कर्णबहदुर मल्लले डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनाका घाइतेको प्रदेश सरकारले उपचार गर्ने भनि मुख्यमन्त्रीले गरेको घोषणा कार्यान्वयन गर्न माग गरे ।
नेकपाका सासंद कुलबीर चौधरीले कौवापुर–बेलौरी सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । नेकपाकै सासंद दुर्गाकुमारी कामीले अछामको बिनायक क्षेत्रमा चट्याङबाट घाइते भएका १७ जनाको उपचार र एक जना मृत्यकका आफन्तलाई राहत उपलब्ध गराउन माग गरे । प्रदेश सभाको अर्को बैठक माघ २४ गते बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार