१५ चैत्र २०८०, बिहीबार

पन्ध्रौ योजनाबारे प्रदेशमा छलफल



धनगढी । पन्ध्रौं योजनाको आधार तयारीको क्रममा रहेको राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेशमा छलफल गरेको छ ।

आगामी पाँच वर्षका लागि बनाइने योजनामा समावेश गर्नुपर्ने विषयवस्तुसँग सम्बन्धित सुझाव संकलनका लागि बिहिबार धनगढीमा परामर्श बैठक तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो ।
आयोगका सदस्य सुशील भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथि रहेका थिए ।
बैठकमा प्रदेशका सभामुख अर्जुनबहादुर थापा, सबै मन्त्रालयका मन्त्री, राज्यमन्त्री, उपसभामुख निर्मला जोशी (बडाल), संसदीय समितिका सभापति, प्रमुख प्रतिपक्षी दलका नेता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
आयोगका सहसचिव विजयकुमार श्रेष्ठले नेपालको दीर्घकालीन सोच सहितको पन्ध्रौं योजना (आर्थिक वर्ष ०७६/७७–२०८०/८१) बारे प्रस्तुतिकरण गरेका थिए । सहसचिव श्रेष्ठका अनुसार पन्ध्रौं योजनाले समृद्धि र सुखीको सिर्जना नारा बोकेको बताए । पा“च वर्षमा हरेक नेपालीलाई समृद्धि र सुखी, सोह्रौं र सत्रौ योजनाअन्र्तगत १० वर्षमा नारालाई तिव्रता र आठौं र उन्नाइसौं योजनाअन्र्तगत १० वर्षमा दिगोपना गर्ने योजना रहेको छ । सुखी नेपाली अन्र्तगत छ र समृद्ध नेपाल अन्र्तगत चारवटा अवधारणा लिएर योजना बनीरहेको उनले बताए ।
सदस्य सुशिल भट्टले छलफलका क्रममा प्राप्त सुझाव समावेश गरी पन्ध्रौं योजनाको आधार अन्तिम मस्यौदा तर्जुमा गरी विकास परिषदबाट अनुमोदन गरिने बताए । आगामी आर्थिक वर्षबाट पन्ध्रौ योजना कार्यान्वयन हुनेछ । अबको पाँच वर्षका लागि मुलुकले लिने विकासका लक्ष्य, कार्यक्रमहरु तथा आर्थिक विकासको गन्तव्यसहितको योजना तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार