१६ चैत्र २०८०, शुक्रबार

शहीदको सम्झनामा रचना वाचन



लम्की  । शहीदको सम्झनामा अक्षर साहित्य प्रतिष्ठान लम्कीको आयोजनामा स्रष्टा मिलन तथा रचना वाचन कार्यक्रम लम्कीमा भएको छ ।

कार्यक्रममा तीन दर्जन बढी स्रष्टाहरुले विभिन्न रचना बाचन गरेका थिए । सो अवसरमा साहित्यकार कर्ण थापाले “म पनि शहीद भैदिएको भए नाम चल्थ्यो, दुई चार लाख पाए श्रीमतिको काम चल्थ्यो, एक मिनेट मौनधारण हुन्थ्यो, राष्ट्रिय गान बजाईन्थ्यो, सन्तानलाई कपि कलम हुन्थ्यो । चार छाक माम चल्थ्यो” भन्ने व्यंग्यात्मक कविता वाचन गरेका थिए ।
साहित्यकार रमेश पहाडीले “न्यायको जज गर्ने सरकार हुनुपर्छ, विश्वास गर्ने आधार हुनुपर्छ, भाषण गरेर मात्र नहुने भयो नेताज्यू, दिल दिमागमा देश बदल्ने विचार हुनुपर्छ” भन्ने रचना प्रस्तुत गरे ।
त्यस्तै, बिस्ना कुमारी बिसीले शहीदहरुको सम्मानमा सलाम तिमीलाई भन्ने गीत प्रस्तुत गरिन् ।
अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहरा रहेका थिए ।
प्रतिष्ठानका सचिव रमेश विकले स्वागत गरेको कार्यक्रममा बलबहादुर रावतले समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रम संस्थाका महासचिव मदन प्यासीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार