१५ चैत्र २०८०, बिहीबार

रुस्लान डीपीएल–३ : महेन्द्रनगर युनाइटेडमा विदेशी खेलाडी अनुबन्धित



धनगढी । धनगढीमा आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग–३ (डिपिएल) मा सहभागी हुने महेन्द्रनगर युनाइटेडले टिमका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ । डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले युएईका राष्ट्रिय टिमका कप्तान मोहम्मद नविदलाई अनुबन्ध गरेको जनाएको छ ।
माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने रुस्लान डिपिएल–३ मा महेन्द्रनगर युनाइटेडको कप्तानी शरद भेसवाकरले गर्दैछन् ।
३१ वर्षीय नबिद तीब्र गतिको बलर हुन् । उनले युएईको लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २३ वटा टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।
महेन्द्रनगर युनाईटेडमा आरिफ शेख, रोहित पौडेल, अभिनाश बोहरा, अमरसिंह रौटेला, सागर ढकाल, दिलिप नाथ, सिद्धान्त लोहनी, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का अन्य खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार