११ बैशाख २०८१, मंगलवार

गर्मीमा फ्रिजमा चिस्याएको पानी पिउनुहुन्छ ? यसका पाँच बेफाइदा यस्ता छन्



स्वभाविक छ– गर्मीयाममा चिसो पानी जो कोहीलाई पिउन मन लाग्छ । अझ फ्रिजमा राखेको चिसो पानी पिउनुको त मज्जै अर्कै हुन्छ ।
त्यसैले त धेरैजसो मानिस गर्मीमा फ्रिजकै पानी पिउन खोज्छन् । तर, त्यस्तो पानी पिउनुका बेफाइदाबारे भने धेरैजसोलाई ज्ञान नहुन सक्छ ? वास्तवमा भन्ने हो भने, फ्रिजको पानी पिउनुमा जति मज्जा हुन्छ, त्यसका बेफाइदा पनि त्यत्तिकै हुन्छन् ।
थाहा पाउनुहोस् फ्रिजमा राखिएको पानी पिउनुका बेफाइदा :
– कृत्रिम तरिकाले चिसो बनाइएको फ्रिजको पानी सामान्य तापक्रमभन्दा निकै चिसो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक छ ।
– फ्रिजमा चिस्याइएको पानी पिउनाले पेटको ठुलो आन्द्रामा नोक्सान पुग्छ । र, ठुलो आन्द्रा सुक्न थाल्छ । जसले गर्दा आद्राले सही तरिकाले काम गर्न सक्दैन । परिणामत : समयमा पेट दुख्ने समस्या आउन सक्छ ।
– धेरै चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्यासमेत स्वास्थ्यकर्मी बताउँछन् ।
– धेरै चिसो पानी पिउँदा हाम्रो शरीरको कोसीका सुक्न थाल्छन् । जसले गर्दा ती कोषिकाले सही तरिकाले काम गर्दैनन् । यसको असर हाम्रो मेटाबोलिज्म तथा स्वास्थ्यमा समेत गर्छ ।
– फ्रिजको पानी पिउनाले घाँटी खराब हुने सम्भावना ज्यादै धेरै हुन्छ । यदि तपाईँले दिनहुँ फ्रिजको चिसो पानी सेवन गर्नुहुन्छ भने होसियार हुनुहोस् कि, यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा समेत विभिन्न समस्या देखिन थाल्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार