४ बैशाख २०८१, मंगलवार

रुस्लान डीपीएल–३ : लराउण्डर जोन्टी बने डीपीएलको गुडबिल एम्बासडर



धनगढी । खेल मैदानमा फिल्डिङका लागि प्रख्यात दक्षिण अफ्रिकाका अलराण्डर क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर (डीपीएल)–३ को गुडबिल एम्बासडर (सद्भावना राजदूत) नियुक्त भएका छन् ।
जोन्टी डीपीएल–३ को खेल अवधिभरी धनगढीमा रहने तथा सो अवधिमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले जनाएको छ । खेल मैदानमा उत्कृष्ट फिल्डिङ र अविश्वसनीय क्याचका लागि प्रशिद्ध जोन्टीले सन् १९९२ मा पाकिस्तान विरुद्धको एकदिवसीय खेलमा पाकिस्तानी ब्याट्सम्यान इन्जामाम उल हकलाई रन आउट गरेको क्षणलाई चर्चाका रूपमा लिइन्छ । उनले हावामा उड्दै इन्जामामलाई गरेको रन आउटको प्रसंगलाई त्यतिबेला एउटा पत्रिकाले लेखेको थियो– “के यो चरा हो ? के यो विमान हो ? होइन, यो जोन्टी हो ।”
सन् १९६९ जुलाई २७ मा जन्मिएका उनको पुरा नाम जोनाथन निल रोड्स हो । दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा दुई सय ४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्सले सन् १९९२ नोभेम्बर १३ मा टेष्ट डेब्यु गरेका थिए भने २६ फेब्रुअरीमा एकदिवसीयमा डेब्यु गरेका थिए ।
उनले ३५.६६ को औसतमा टेष्टमा २५३२ रन बनाएका थिए भने ३५.११ को औसतमा एकदिवसीयमा पाँच हजार नौ सय ३५ रन बनाएका थिए ।
उनले अगस्त ६, २००० मा टेष्टबाट सन्यास लिएका थिए भने फेब्रुअरी १२ २००३ मा एकदिबसीय क्रिकेटबाट सन्यास लिएका थिए ।
जोन्टीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा टिम मुम्बई इन्डियन्सका लागि सन् २०१७ सम्म लगातार नौ सिजन फिल्डिङ कोच रहेका थिए । उनले श्रीलंका, दक्षिण अफ्रीका, केन्या सहितका मुलुकका राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण गरिसकेका छन् ।
डीपीएल–३ का दौरान जोन्टी सीवाईसी अत्तरियाको मेन्टरका रूपमा समेत रहने आयोजक डीसीएले जनाएको छ । यसैबीच, सीवाईसी अत्तरियाले रायन मरुनलाई टिमको प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । मरुन वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व फिल्डिङ प्रशिक्षक रहिसकेका छन् ।

सम्बन्धित समाचार 

रुस्लान डीपीएल–३ : हिमाल डेन्टल बन्यो डिपीएल–३ को हाइजीन पार्टनर

बिराटनगर किंग्समा विदेशी खेलाडी अनुबन्धित

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार