१६ चैत्र २०८०, शुक्रबार

कक्षा ८ को परीक्षा तालीका समय बिहीन



धनगढी । धनगढी उपमहानगरपालिकाले कक्षा आठको बोर्ड परीक्षाको समय तालिका समय नै उल्लेख नगरी प्रकाशन गरेको छ ।
उपमहानगरपालिकाका शिक्षा महाशाखाका उपसचिव दमनसिंह चौधरीले जारी गरेको समय तालीकामा समय नै उल्लेख नभएपछि परीक्षा दिने विद्यार्थी र शिक्षकहरु अन्यौलमा परेका छन् । फागुन २६ देखि चैत ४ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालीका छ । धनगढी उपमहानगरपालिकाको यो लापरबाहीले गर्दा धनगढीमा शिक्षा क्षेत्रमा ठूलो अन्यौल पैदा गरेको छ ।
परीक्षाको यस्तो तालीका आएपछि सञ्जय पन्तले फेसबुकमा प्रतिक्रिया लेखेका छन्, ‘कक्षा ८ को बोर्ड परिक्षाको रुटिङ त थाह पाइयो तर परिक्षाको समय थाहा पाइएन । समयको लागि अर्को बैठकको प्रतीक्षा मा ।’
तर धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख विरबहादुर नेपालीले सो परीक्षा तालीका बारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले आफू काठमाडौं रहेको भन्दै पञ्छिए ।

उपसचिव दमन चौधरीले भने यसबारे प्रतिक्रिया लिन गरेको फोन नै रिसिफ गरेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार