१६ चैत्र २०८०, शुक्रबार

आयुर्वेद सेवामा सुदूरपश्चिम उत्कृष्ट



धनगढी । आयुर्वेद सेवा कार्यक्रम सञ्चालनमा सुदूरपश्चिम प्रदेश देशभरमै उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको आर्थिक वर्ष २०७४÷७५ को समीक्षा बैठकमा सातवटै प्रदेशमा भएका आयुर्वेद कार्यक्रमहरूको समीक्षा गर्दै कार्य सम्पादनका आधारमा सुदूरपश्चिम प्रदेशलाई उत्कृष्ट प्रदेश घोषणा गरिएको जनाइएको छ ।
विभागले सुदूरपश्चिम प्रदेशले कार्यक्रम उत्कृष्ट ढंगले समन्वयात्मक रूपमा कार्य सम्पादन गरेको भन्दै प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डाक्टर चेतराज जोशीलाई विभागका महानिर्देशक वासुदेव उपाध्यायले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका आयुर्वेद स्वास्थ्यकर्मी र निर्देशकहरूको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखामा डाक्टर जोशी र कविराम दिक्षा भण्डारी कार्यरत रहेका छन् । यस प्रदेशले अब आयुर्वेद र योगलाई नसर्ने, जीवनशैलीगत र दीर्घ रोग नियन्त्रणमा प्रयोग गर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार