१६ चैत्र २०८०, शुक्रबार

बैदेशिक रोजगार सम्बन्धी सचेतिकरण कार्यक्रम शुरु



धनगढी । कोडेक्स कैलालीको आयोजनामा बैदेशिक रोजगार सम्बन्धी चेतनामुलक कार्यक्रम शुरु भएको छ ।

धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा सोमबार धनगढी–१४, फूलवारीमा दुई दिने बैदेशिक रोजगार सम्बन्धी वडास्तरीय सचेतिकरण कार्यक्रम शुरु भएको हो । वडा नम्बर १४ बाट बैदेशिक रोजगारमा गएका व्यक्तिका परिवार, जाने तयारी गरेका युवा, फर्केका युवाहरुको सहभागिता छ । सहभागीहरुलाई शान्ति भाट र पत्रकार मुकेश टेंर्राले प्रशिक्षण दिइरहेका छन् ।
वडाका अधिकांश परिवारका युवाहरु बैदेशिक रोजगारमा रहेको र सचेत नभएर बैदेशिक रोजगारमा जानाले युवाहरुले दुःख पाइरहेको धनगढी १४ का वडा अध्यक्ष रामबजारी चौधरीले बताए । उनले युवाहरुलाई बैदेशिक रोजगारबारे सचेत बनाउन कार्यक्रम आयोजना गरेको बताए ।
कोडेक्सका अध्यक्ष भगवतदास चौधरीले सहभागीहरुलाई बैदेशिक रोजगारको वर्तमान अवस्था, अवसर र चूनौति तथा समस्या समाधानका उपभायहरुबारे प्रशिक्षण दिइएको बताए । उनले बैदेशिक रोजगारमा जाने युवाहरुले कम्तिमा जानकारी लिएर र सीप सिकेर जाँदा गन्तव्य मुलुकमा दुःख नपाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार