१२ बैशाख २०८१, बुधबार

रुस्लान डीपीएल–३ : रुपन्देही च्यालेन्जर्समा दुई विदेशी खेलाडी अनुबन्धित



धनगढी । धनगढीमा आयोजना हुने रुस्लान धनगढी प्रिमियर लीग–३ (डीपीएल) मा सहभागी हुने रुपन्देही च्यालेन्जर्समा दुई जना विदेशी क्रिकेटर अनुबन्धित भएका छन् । रुस्लान डीपीएल–३ आगामी २६ देखि फागुन ११ गतेसम्म आयोजना हुने छ ।

बाबर हयात र राजा अलि डर

डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमीद्वारा आइतबार प्रेषित विज्ञप्ति अनुसार हंगकंगको राष्ट्रिय क्रिकेट टोलीको कप्तान समेत रहेका बाबर हयात र पाकिस्तानका प्रथम श्रेणी क्रिकेटर राजा अलि डरलाई टिमले अनुबन्ध गरेको जनाइएको छ ।
रुपन्देही च्यालेन्जर्समा रणनीतिक खेलाडीका रूपमा वसन्त रेग्मी रहेका छन् । त्यस्तै, टिममा बिनोद भण्डारी, ललित भण्डारी, भीम सार्की, प्रदीप ऐरी, सन्दीप सुनार, बिक्रम सोव, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन विक, सुरज दराई र शेर मल्ल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार