१५ चैत्र २०८०, बिहीबार

नगरस्तरीय कराँते प्रतियोगिता



मसुरिया । गौरीगंगा नगरपालिका वडा नम्बर ९, मसुरियास्थित शिवशंकर सितोरियो कराँते समितिको आयोजनामा प्रथम नगरस्तरीय कराँते प्रतियोगिता शनिबार भएको छ । प्रतियोगितामा पहलमानपुर डोजो आठ वटा तौल समूहमा विजयी भएर प्रथम भएको छ भने मसुरिया डोजो सातवटा तौल समूहमा विजय भएर दोस्रो भएको छ ।
प्रतियागितामा पहलमानपुर डोजो, अण्डैया डोजो र मसुरिया डोजोका ४० जना कराँते खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ १० वटा तौल समूह र महिलातर्फ पाँचवटा तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता नेपाल कराँते महासंघका राष्ट्रिय रेफ्री खुसीराम चौधरीले सञ्चालन तथा निर्णायक रहेका थिए ।
यसअघि वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद तिवारीले उद्घाटन गरेको कार्यक्रम समितिका अध्यक्ष दिनानाथ भण्डारीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा खप्तड बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मदनराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार