१३ बैशाख २०८१, बिहीबार

प्रदेशको नीतिमा निर्माण क्षेत्रको समस्या सम्बोधन हुन्छः मुख्यमन्त्री भट्ट (भिडियो सहित)



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्माणको क्षेत्रमा रहेको समस्यालाई कानुन बनाएर निर्मुल गर्ने बताएका छन् ।

निर्माण व्यवसायी संघ कैलाली २५ औं साधारण सभा शुक्रबार धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कानुनी जटिलताका कारण गर्दा निर्माण क्षेत्रमा समस्या भइरहेको बताए । उनले सार्वजनिक खरिद ऐनमा पनि समस्या रहेकोले त्यसलाई संसोधन गर्नुपर्ने बताए ।
उनले काम रोक्ने तरिकाले निर्माण व्यवसायीहरुले न्युन रकम हालेर टेन्डर पेश गर्ने गरेको बताए । उनले त्यस्तो हुन नदिनका लागि मापदण्ड बनाउनुपर्ने जरुरी रहेको बताए । उनले समय, लागत, क्वालिटीको काम गर्नका लागि मापदण्ड नरहेको उनले बताए ।

उनले समयमा र गुणस्तरीय काम नहुँदा निर्माण व्यवसायी, सरकार र जनतालाई समस्या हुने गरेको बताए । उनले सुदूरपश्चिम प्रदेशको नीति, ऐन, कानुन बनाउने बेला निर्माण क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले सुदूरपश्चिम प्रदेश विकासका लागि संविधानले दिएको अधिकार प्रयोग गरिरहेको बताए । उनले प्रदेश सरकारले पूर्वाधार विकास गर्न, रोजगारी सृजना गर्न काम गरिरहेको बताए । उनले सुदूरपश्चिमको विकासका लागि ईमान्दार भएर उद्धत चाहनाका साथ काम गरिरहेको बताए ।
कार्यक्रममा निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाशबहादुर सेठीले निर्माण व्यवसायी र निर्माण क्षेत्रका समस्याहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा कैलालीका निर्माण व्यवसायी लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार