७ बैशाख २०८१, शुक्रबार

वैकल्पिक चिकित्सा सेवा प्रवद्र्धन सम्बन्धी छलफल



धनगढी । स्थानीय तह तथा सरोकारवालासंग आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवद्र्धन जीवनशैली सम्बन्धी छलफल कार्यक्रम बुधबारदेखि धनगढीमा शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पतंजली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्रले प्रशिक्षण दिइरहेका छन् ।
आयुर्वेद सेवाको प्रवद्र्धनका लागि स्थानीय तहले गर्नुपर्ने भुमिकाका बारेमा सो कार्यक्रममा जानकारी दिइने आयुर्वेद तथा वैकल्पिक शाखा प्रमुख डाक्टर चेतराज जोशीले बताए । उनले स्थानीय तहले आयुर्वेदको प्रवद्र्धन गर्न वजेट विनियोजन गर्नुपर्ने, हरेक वडामा योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी दिउन भनेर कार्यक्रम सञ्चालन गरिएको बताए ।
छलफलमा स्थानीय तहका जनप्रतिनिधीलाई आयुर्वेदको परिचय तथा आयुर्वेद स्वास्थ्य संस्थाबाट संचालन हुने सेवा, आयुर्वेदका सकारात्मक पक्ष, जडिवुटीको महत्व र सुदुरपश्चिम प्रदेशमा यसको खेतीको सम्भावना र मुख्य जडिबुटी, योगको परिचय तथा महत्व, नसर्ने रोग व्यवस्थापन र जिवनशैलिगत रोग नियन्त्रणमा आयुर्वेद र योगको भुमिका, स्मरण शक्ति बढाउने, आत्मविश्वास र व्यतिmत्व विकासका लागि आसन र प्राणायाम, दिनचर्या, मुख्य १० जडिबुटिहरु र आठ प्राणायामको अभ्यास लगायतका बारेमा जानकारी दिएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार