६ बैशाख २०८१, बिहीबार

छैठौं क्यास्पियन कप क्रिकेट हुँदै



धनगढी । कैलालीको धनगढीमा छैठौ क्यास्पियन कप क्रिकेट प्रतियोगिता २०७५ हुने भएको छ । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आगामी १५ गतेबाट प्रतियोगिता आयोजना हुने जानकारी दिइयो
विद्यालयका प्रिन्सिपल अनिल शर्माले प्रतियोगिताको विजेताले ३१ हजार र उपविजेताले १५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने बताए ।
प्रतियोगितामा धनगढी, अत्तरिया, सुखड तथा कञ्चनपुरको वेलौरी, पुनर्वास सहितका २५ टीमको सहभागिता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार