१३ बैशाख २०८१, बिहीबार

गाउँपालिकास्तरिय खेलकुद प्रतियोगिता शुरु



बौनिया । बर्दगोरिया गाउँपालिकास्तरीय संस्थागत विद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि बौनियामा शुरु भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमबीच बदैगोरिया गाउ“पालिका अध्यक्ष बलिराम डगौंराथारुले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रम बर्दगोरिया संस्थागत विद्यालय संगठनका अध्यक्ष प्रमोद मल्लको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्याब्सन कैलालीका अध्यक्ष डिल्लीराज रेग्मी, केन्द्रीय सदस्य कृष्णप्रसाद भूषााल, वडाध्यक्षहरु जयरुप खतिवडा, भेखु चौधरी, करने सुनार, पुरन सिंह बिसी, श्यामकुमारी चौधरी र रामकृष्ण डगौराथारु, नेकपाका दिलबहादुर बिक, नेपाली का“ग्रेसका गणेश शाही र राष्ट्रीय जनमोर्चाकी रुपा आलेमगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा गाउपालिका भित्रका १८ वटा संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार