१३ बैशाख २०८१, बिहीबार

डीपीएलार्इ आइसीसीले दियो मान्यता



धनगढी । नेपालको सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लीग (डीपीएल) ले अर्को ठूलो उपलब्धी प्राप्त गरेको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आसीसी) बाट मान्यता पाएसंगै डीपीएलमा अर्को उचाई थपिएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आयोजनामा आगामी २६ गतेबाट धनगढीमा हुने डीपीएलको तेस्रो संस्करणलाई आइसीसीले मान्यता दिएको एकेडेमीद्वारा बुधबार जारी विज्ञप्तीमा जनाइएको छ ।

एकेडेमीका अध्यक्ष सुवास शाहीद्वारा जारी विज्ञप्तिमा आइसीसीले डीपीएललाई मान्यता दिनुका साथै प्रतियोगिताबारे सदस्य राष्ट्रहरुलाई जानकारी गराइसकेको उल्लेख छ ।
नेपालमा बोलकबोल (अक्सन) का माध्यमबाट खेलाडी छनोट शुरु गरेर नेपालमा व्यवसायिक क्रिकेट बनाउन महत्वपूर्ण योगदान पु¥याएको डीपिएलमा सहभागी हुने टीममा विदेशी खेलाडी ल्याउन पनि आइसीसीको मान्यता आवश्यक पर्दछ ।
रुस्लान डीपीएल–३ को आयोजनामा पा“च करोड रुपैया“ बढी खर्च हुने अनुमान गरिएको छ ।
यस पटकको डीपीएलममा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, बिराटनगर किंग्स, रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स गरि छ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउदैछन् ।
टी–२० फम्र्याटको प्रतियोगिता लिग कम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसंग एक–एक खेल खेल्ने छन् ।
यसैबीच, गत डीपीएल–२ को मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लानले डीपीएललाई यस वर्ष पनि मुख्य प्रायोजन निरन्तरता दिएको छ ।
विजय डिस्टिलरी र डिसीएबीच डीपीएल–३ का लागि नगद र जिन्सी गरि एक करोड १० लाख रुपैया“ बराबरको प्रायोजनको सम्झौता भएको छ । आगामी तीन वर्षका लागि रुस्लानले डीसिएसंग मुख्य प्रायोजन सम्झौता गरेको जनाइएको छ । सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार