११ बैशाख २०८१, मंगलवार

प्याब्सन क्रिकेट कप



बौनिया । कैलालीको लम्कीचुहा नगरपालिकामा जारी प्याब्सन क्रिकेट कपमा मंगलबार भएका खेलमा भुरुवा पब्लिक स्कुल, पानसदिप स्कुल लम्की र कैलाली पब्लिक स्कुल, लम्की विजयी भएका छन् ।
मंगलबारको पहिलो खेलमा भूरुवा पब्लिकले स्वयम्भुनाथ, लम्कीलाई छ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको स्वयम्भुनाथले निर्धारित आठ ओभरमा पा“च विकेटको क्षतीमा २६ रन बनायो । जवाफमा भुरुवा पब्लिकले छ दशमलव चार ओभरमा चार विकेट गुमाउ“दै लक्ष्य भेटायो । खेलमा भुरुवा पब्लिकका दिनेश विक म्यान अफ द म्याच बने ।
मंगलबारको अर्को खेलमा पानसदिप २३ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पानसदिपले निर्धारित आठ ओभरमा चार विकेट क्षतीमा ४९ रन बनायो ।
५० रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङमा ओर्लको पायनियर्स सात दशमलव चार ओभरमा २६ रनमा अलआउट भयो । पायनियर्स लम्कीमाथि विजय प्राप्त गर्ने क्रममा पानसदिपका बलर नबिन बमले दुई ओभरमा चार रन मात्र खर्चेर चार विकेट लिए । उनि म्यान अफ द म्याच बने ।
मंगलबार नै भएको अर्को खेलमा कैलाली पब्लिकले ब्राइट फ्युचरलाई सात विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको ब्राईट फ्युचरले निर्धारित छ ओभरमा सात विकेट क्षतीमा ३५ रन बनायो । जवाफमा कैलाली पब्लिकले पांच दशमलव तीन ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य प्राप्त ग¥यो । २२ रन बनाएका कैलाली पब्लिकका किरण चौधरी म्यान अफ द म्याच बने ।
प्रतियोगितामा लम्कीचुहा नगरपालिका भित्रका प्याब्सन समितिका सदस्यका रुपमा रहेका २५ वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार