१६ चैत्र २०८०, शुक्रबार

सहकारीले कृषि तथा उर्जामा लगानी बढाउनु पर्छः मुख्यमन्त्री



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारी संस्थाहरूले कृषि, पशुपालन तथा उर्जा क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री भट्टले सहकारी संस्थाहरूले कृषि तथा उर्जाको क्षेत्रमा लगानी बढाएर जनताको जीवनस्तर उकास्ने काममा योगदान पु¥याउन पनि आग्रह गरे ।


उनले सहकारी संस्थाहरूले नाफामुखी भावनाले नभई प्रदेशको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले काम गर्न आग्रह गरे ।
जिल्ला सहकारी संघ, कञ्चनपुर र कैलालीको संयुक्त आयोजनामा मंगलबार धनगढीमा भएको प्रादेशिक सहकारी ऐनसम्बन्धी छलफल तथा प्रदेश सहकारी संघ गठन कार्यशालाको उद्घाटन सत्रमा मुख्यमन्त्री भट्टले सहकारी संस्थाहरूले चाहेमा सामान्य नागरिकको जीवनस्तरमा ठूलो परिवर्तन गर्न सक्ने बताए ।
उनले अधिकांस सहकारी संस्थाहरू बचत र ऋणमा नै सिमित हुने गरेकाले सहकारी संस्थाहरूले मर्मअनुसार काम गर्न नसकेको बताए । उनले मा मात्रै सहकारीहरु ठिक्क हु“दा सहकारीले गर्नुपर्ने काम नभइरहेको उनले बताए ।
प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सहकारी संस्थाहरुले कृषी तथा उत्पादन क्षेत्रतिर खासै लगानी नबढाएकाले गरिबी निवारणमा उपलब्धी हुन नसकेको बताइन् । मन्त्री चौधरील् सहकारी संस्थाहरूले कृषि तथा पशुपालनमा मुख्य रुपमा लगानी गर्नुपर्नेमा व्यावसायिक क्षेत्रमा मात्रै बढि लगानी गरिरहेको बताइन् ।
सहकारी संघ कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले सहकारी संस्थाका सञ्चालकहरुले विभिन्न समस्या भोग्नु परिरहेको चर्चा गर े।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार