११ बैशाख २०८१, मंगलवार

अलपत्र अवस्थामा फेला परेका बालकको उद्दार



धनगढी । धनगढीको बसन्तटोलमा नेपाल प्रहरीले अलपत्र अवस्थामा भेटाएका एक बालकलाई बाल हेल्पलाइनले संरक्षण दिएको छ ।
बिराज चौधरी नाम बताउने बालक आफन्तलाई खोजिरहेका बेला प्रहरीले फेला पारेको थियो । माघ ६ गते बाल हेल्पलाइन नेपाल धनगढीलाई प्रहरीले बिराजलाई संरक्षणका लागि बुझाएको थियो ।

पांच, छ वर्ष उमेरका बिराजले आफ्नो बुवाको नाम दिपक चौधरी बताएका छन् बिराजले आमाको नाम भने थाह नभएको बताएका छन् ।
बाल हेल्पलाइन नेपालले उनका आफन्त खोजिरहेको बताएको छ । उनका आफन्तलाई १०९८ मा सम्पर्क गर्न बाल हेल्पलाइनले आग्रह गरेको छ । धनगढी बाल हेल्पलाइनको फोन नम्बर ०९१–५२५६०० मा सम्पर्क गरेर पनि लिन सक्ने छन् । बाल हेल्पलाइन सामाजिक क्षेत्रमा रहेर विगत लामो समय देखि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार