१३ बैशाख २०८१, बिहीबार

अभिभावकका लागि साथीदौतरी शिक्षा तालिम



धनगढी । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकहरूका लागि साथी/दौतरी शिक्षा सम्बन्धी तालिम सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटानस्थित सरस्वती माध्यामिक विद्यालयमा भएको छ । अभिभावकलाई घरमा पढाई वातावरण प्रवद्र्धन गर्न र नियमित रूपमा विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धि जानकारी हासिल गर्न, अभिभावक र शिक्षकबीच नियमित छलफल गर्ने अभ्यासको विकास गर्ने तालिमको उद्देश्य रहेको जनाइएको छ । कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष प्रेमराज भण्डारी, शिक्षा विकास तथा समन्वय ईकाईका श्रोतव्यक्ति रामबहादुर शाही, वडा सदस्य धौली कठायत, विद्यालयका प्रधानाध्यापक मीरा कर्ण, बहुउद्देश्य विकास समाजका अनुगमन तथा मूल्याकन संयोजक उषा मल्ल, प्रारम्भिक कक्षा पढाई शिक्षक बाबुराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रारम्भिक कक्षा पढाई उपसमितिका संयोजक केशवराज पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार