११ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिममा कुपोषणको समस्या बढ्दो



धनगढी । सुदूरपश्चिमसहित देशभर कुपोषण बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५।९ प्रतिशत नागरिकमा पुड्कोपन छ भने ४९।८ प्रतिशत पाँच वर्षमुनीका बालबालिकामा रक्त अल्पताको मसस्या छ । सुदूरपश्चिमका ३९।३ प्रतिशत महिलामा रक्त अल्पता छ । २८।१ प्रतिशत सुदूरपश्चिमेली कम तौलका छन् भने ७।७ प्रतिशत बढि तौलको समस्या छ । ९।३ प्रतिशत बालबालिकामा ख्याउटेपन छ भने १।२ प्रतिशतमा मोटोपन छ ।


पोषणका लागि नागरिक समाज सञ्जाल, नेपाल (सिसान) ले आइतबार धनगढीमा सञ्चार माध्यमहरुलाई बहुक्षेत्रीय पोषण योजना बारे सम्बन्धी अभिमुखीकरण आयोजना गरी सो तथ्यांक प्रस्तुत गरेको हो । नेपाल जनसांखिक सर्वेक्षण २०१६ ले ३६ प्रतिशत नेपालीमा दीर्घ कुपोषण तथा पुड्कोपन रहेको देखाएको छ । १० प्रतिशत ख्याउटेपन र २७ प्रतिशत कम तौलको कारण नेपालीहरु पीडित छन् । नेपाल स्वास्थ्य सर्वेक्षण २०११ र २०१६ ले नेपाली मिहलाहरुमा रक्त अल्पताको दर बढिरहेको देखाएको छ । सिसानका अनुसार हाल ४६ प्रतिशत नेपाली महिलामा रक्त अल्पताको समस्या छ । यो दर २०१६ मा ४१ र २०११ मा ३५ प्रतिशत थियो ।
नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार २५ प्रतिशत नेपालीहरु गरीविको रेखामुनी रहेको उनीहरु कुपोषणको सिकार भइरहेको सिसानले जनाएको छ । सिसानका कार्यक्रम व्यवस्थापन अधिकृत हरिगेन्द्र सिंहले गरीवि, खानपानको तरिका, जंकफुड लगायतका कारणले कुपोषण बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार